धनुषाको क्षिरेश्वरनाथको मेयरमा एमाले विजयी

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका सुखदेव यादव र उपमेयरमा कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित यादवले ७ हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र पजियारले ७ हजार ३०० मत ल्याए । नेपाली कांग्रेसका धनुषाका अध्यक्ष समेत रहेका पजियार क्षिरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर पनि हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार