इटहरीमा नेकपा एसका कार्यकर्ताले कुटे एमाले नेता

इटहरी । नेकपा (एमाले)का प्रदेश १ सदस्य हिमाल सुवेदीलाई इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले कुटपिट गरेका छन् । आइतबार बिहान विष्टसहित तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै कुटपिट गरेका हुन् ।

सुवेदीको आँखामा चोट लागेको छ। सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताए।

हातपातको विरोधमा एमालेले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् । कुटपिट गर्ने विष्ट नेतृत्वको समूहलाई अहिले सम्म पक्राउ गरिएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार