काठमाडौंको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले कति मत प्राप्त गरिन् ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडी छिन् ।

झण्डै ५० हजार मत गणना हुँदा डंगोलले सबै प्रतिष्पर्धीलाई उछिन्दै २६ हजार ५७५ मत प्राप्त गरेकी छन् । जुन गणना भएको मतको आधाभन्दा बढी हो ।

गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ३ हजार ६२३ मत पाएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार