काठमाडौंमा बालेनको अग्रता कायमै, सिंहले बढाइन् स्थापितसँग मतान्तर

काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

१ लाख ९ हजार ५३७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार शाह ३९ हजार ६ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनी दोस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा १६ हजार ९ सय बढी मतले अगाडि छन् । सिंहले हालसम्म २२ हजार ७२ मत पाएकी छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् । सिंह र स्थापितबीचको मतान्तर ५०१ मत रहेको छ । मतगणना सुरु हुँदा देखि नै बालेन्द्रले पहिलो स्थान कब्जा गर्दा दोस्रो स्थानमा सिंह र स्थापितबीच प्रतिस्पर्धा भैरहेको थियो । सिंहभन्दा स्थापित अगाडि रहेका थिए तर, शनिबारबाट भने सिंहले अग्रता लिइरहेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार