पोखरा महानगरमा धनराज आचार्य ३२६० मतले अगाडि

पोखरा महानगरपालिकामा मेयर उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायम छ । आचार्य एकीकृत समाजवादीका र गुरुङ नेकपा एमालेका उम्मेदवार हुन् ।

आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मत अन्तरले पछि पारेका छन् । एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४ मत पाएका छन् ।

यसैगरी प्रमुख पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल ९गनेस०ले २ हजार ६१३ मत पाएका छन् ।

उपमेयर उम्मेदवार एमालेकी गुरुङले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाएकी छन् । मञ्जुको ४२ हजार ३१६ र कोपिलाको ४० हजार ७०४ मत छ । राप्रपाकी रञ्जना कुमारी सेन पौडेलको पक्षमा ४ हजार ५०९ मत परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार