सुनसरीको बराहक्षेत्र नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

सुनसरीको बराहक्षेत्र नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका रमेश कार्कीले १९ हजार २९३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका निलम खनालले १४ हजार १५४ मत ल्याए । कांग्रेसबाट विजयी भएका कार्कीले खनाललाई ५ हजार १३९ मतान्तरमा हराएका हुन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी नन्दकुमारी सुनुवार विजयी भइन् । उनले १५ हजार ७६६ मत ल्याउँदा माओवादी केन्द्रका अमित गौतमले १० हजार १४४ मत ल्याए ।

यो सँगै सुनसरीका १२ पालिकामध्ये १० वटा पालिकाको अन्तिम नतिजा आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार