सप्तरीको छिन्नमस्तामा लोसपाका २५ वर्षीय विद्यानन्द निर्वाचित

सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा)का २५ वर्षीय युवा विद्यानन्द चौधरी निर्वाचित भएका छन् ।

चौधरीले २ हजार ८९५ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याए । चौधरीले १ हजार १२९ मतान्तरले यादवलाई हराएका हुन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणामअनुसार छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव निर्वाचित भएकी हुन् ।

यादवले २ हजार ४७२ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार प्रमिलादेवी साहले १ हजार ५९५ मत ल्याएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार