बालेनको अग्रता १७ हजार नाघ्यो, स्थापित तेस्रोमा झरे

काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।

अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह झण्डै १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । शाहले हालसम्म ३७ हजार ६१ मत पाएका छन् ।

त्यस्तै, सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह २० हजार ५२० मतसहित दोस्रो स्थानमा उक्लिएकी छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितको मत २० हजार ३१६ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार