भरतपुर महानगर : ८८ हजारबढी मत गणना, रेनुले अग्रता बढाउँदै

भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । आइतबार बिहान ५ः१५ बजेसम्मको परिणाम अनुसार महानगरपालिकामा ८८ हजार २८४ गणना हुँदा रेनुले ७ हजार ३१४ मतको अग्रता लिएकी हुन् ।

दाहालले ३४ हजार ६८४ मत पुर्याएकी छन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको मतले २७ हजार ३७० मत पाएका छन् । यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ७२० मत पाएका छन् ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन् । अधिकारीले ३६ हजार ८९३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हिमला गुरूङले २१ हजार ६२१ मत ल्याएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार