हेटौंडाबाट काठमाडौं जाँदै गरेको मिनि ट्रक दुर्घटना : मृतकको संख्या ४ पुग्यो

हेटौंडा–काठमाडौं सडक खण्डमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि २ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा र ५ जनालाई हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि पठाएकामध्ये ३ जनाको हेटौंडामा र एक जनाको काठमाडौंमा मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।मिनि ट्रकमा सवार ८ जना मध्ये अन्य ४ जना घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार