सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले अग्रता कायम गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्म ४७ हजार ९५ मतगणना गर्दा साम्पाङले १५ हजार ७७ मत प्राप्त गरेका छन् । जुन दोस्रो स्थानमा रहेका गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईको भन्दा २६ सय मत बढी हो । राईले हालसम्म १२ हजार ४१० मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले १० हजार ११२ मत प्राप्त गरेकी छन् ।
उपप्रमुखतर्फ गठबन्धनका उमेदवार उमेदवार अइन्द्रबिक्रम बेघाले १४ हजार ९७९ मतले अग्रता कायम राखेका छन् । एमालेका पदम इस्वोले १३ हजार ७२६ मत प्राप्त गरेका छन् ।