मातृका यादवको गृहनगरमा माओवादीका प्रमुख-उपप्रमुख नै विजयी

धनुषाको सबैला नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार कारिराम यादव विजयी भएका छन् ।

निकटमत प्रतिद्धन्द्धि नेपाली कांग्रेसका जगत सुन्‍दर शाह मधुपलाई पाखा लगाउँदै यादव नगर प्रमुखमा निर्वाचित भएका हुन् । यादव ३ हजार ८७९ मतसहित विजयी हुँदा शाह ३ हजार ३५३ मतमा रोकिए । त्यस्तै, एमालेका राजकिशोर यादब राकेशले ३ दहजार २८२ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका राम चन्द्र प्रसाद जयसवालले २ हजार ९९४ मत पाए ।

उपप्रमुखमा माओवादी केन्द्रकै रहिमा खातुन ४ हजार २९३ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्धन्द्धि एमालेकी किरण कुमारी कापरले ३ हजार ३१८ मत पाइन् । यो नगर माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका यादवको गृहनगर पनि हो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार