डिशहोममा संचालन भयो मनोरञ्जनात्मक कमेडी शो कमेडी क्याफे

डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मनोरञ्जनात्मक कमेडी शो कमेडी क्याफे संचालन गरेको छ । कार्यक्रम कमेडी क्याफे २०७७ फागुन २२ गते देखी डिशहोमको रियालिटी टिभी च्यानल नं. १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।

विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसँगै फोन मार्फत सेलिब्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई प्रयांक कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् । हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनि फोन उठाउने व्यक्तिलाई प्रयांक गर्छन । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार