श्रीलङ्कामा नयाँ अर्थमन्त्रीको अझै टुङ्गो लागेन

आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा सङ्कटबाट मुक्त गराउने जिम्मेवारी पाएको ‘सर्वदलीय सरकार’ ले आज शुक्रवार मन्त्रिमण्डल विस्तार गरेको छ । पछिल्लो मन्त्रिमण्डलमा अर्थमन्त्रीबाहेक नौ मन्त्रीलाई नियुक्त गरिएको छ ।

राष्ट्रपति गोटबाया राजपाक्षेका जेठा दाइ महिन्दा राजपाक्षले श्रीलङ्काको अर्थतन्त्रलाई सङ्कटको सङ्घारसम्म पुर्‍याएको आरोप लागेको छ । उनको प्रशासनलाई दोषी ठहर्‍याएपछि प्रधानमन्त्री रनिल विक्रेमासिङ्घेले यस महिनाको सुरुमा प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरे ।

विक्रमासिङ्घेले अघिल्लो मन्त्रिमण्डल विघटन भएपछि गठबन्धन सरकार बनाउने प्रतिबद्धता जनाउँदै नेतृत्व समालेका थियो ।

कोलम्बोमा उनको कडा सुरक्षा रहेको सरकारी निवासमा राष्ट्रपति गोटबाया राजपाक्षे सामु स्वास्थ्य, शिक्षा र न्यायका लागि नयाँ मन्त्रीहरूलाई शपथ खुवाइएको सरकारले जानकारी गराएको छ । मुख्य विपक्षी ‘समागी जन वालवेगया ९एसजेबी० पार्टी’ का दुई विधायकले नयाँ सरकारमा सामेल हुँन आफ्नो दलबाट राजीनामा दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार