सौगात र सलोनको ‘घनचक्कर’ असारमा

अभिनेता सौगात मल्ल र सलोन बस्नेत अभिनित फिल्म ‘घनचक्कर’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

निर्माण टोलीले फिल्मको पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट फिल्म प्रदर्शन हुने जानकारी दिएका हुन् । सार्वजनिक पोस्टरमा सौगात र सलोनलाई आक्रोशित मुद्रामा देखिन सकिन्छ । भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

कमेडी जनराको फिल्ममा सौगात र सलोनसँगै जेवी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ ।

सुसन प्रजापति खिचेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र विजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार