आईएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच सम्झौता, पैसा पठाउँदा बैंक खाताको विवरण नचाहिने

कमर्सिअल बैंक  र आईएमई पेबीच पार्टनर बैंक सम्झौता भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

साे सम्झौता पत्रमा आईएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सीसीबीएलको तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरे ।

साे सम्झौताअनुसार डिजिटल सहजताको निम्ति आईएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आईएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्टाएको छ ।

हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग सो सम्झौता गरेको आईएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएका छ । आईएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार सेञ्चुरी कमर्सिअल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने कम्पनीको भनाइ छ ।

उपभोक्ताले सिधै आईएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सिअल बैंकको खाताको ब्यालेन्स आईएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार