भरतपुर महानगर मतगणना अपडेट: रेनुभन्दा विजय ५ हजार मतले पछि
उपमेयरमा पनि सत्ता गठबन्धनका अधिकारीको फराकिलो अग्रता
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता फराकिलो बन्दै गएको छ ।
हालसम्म गणना भएको ६९ हजार ६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७ हजार ७८ मत पाएकी छन् । उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५ हजार १८ मतले पछि पारेकी छन् । सुवेदीले २२ हजार ६० मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४१४ मत पाएका छन् ।
यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९ हजार १३२ मत पाएका छन् । उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७ हजार १६६ मतसहित पछ्याइरहेकी छन्।