एक महानगरसहित ६८३ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

शनिबार बिहान ६ बजेसम्ममा एक महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

मोरङको विराटनगर महानगरपालिकासहित देशभरका २३७ नगरपालिका र ४४५ गाउँपालिकाको अन्तिम परिणाम आइसकेको छ । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । त्यसयता लगातार मतगणना भइरहेको छ ।

परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ । यस्तै जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ । राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार