सत्ता गठबन्धनलाई हराउँदै रूपन्देहीको गैंडहवामा एमाले विजयी

सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै रूपन्देहीको गैंडहवा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका सुरेन्द्र पौडेल ५ हजार ६३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका बसीउल्लाह मुसलवानले ४ हजार ३८८ मत ल्याएर पराजित भए ।

यस्तै उपाध्यक्षमा माधुरी जैसवाल विजयी भएकी छन् । उनले ४ हजार ७५६ मत ल्याउँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसकी मन्जु न्यौपानेले ४ हजार ६५९ मत ल्याइन् ।

यसअघिको निर्वाचनमा गैंडहवामा जनता समाजवादी पार्टीे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार