नुवाकोटको विदुरमा कांग्रेसका श्रेष्ठ र माओवादीकी बोगटी विजयी

विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्‍ठ र उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की प्रभा बोगटी निर्वाचित भएका छन् । मेयरमा निर्वाचित श्रेष्ठले १४ हजार ३१६ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सन्जु पण्डितले १० हजार ७०४ मत ल्याइन् ।

यस्तै उपमेयरमा निर्वाचित माओवादीकी उम्मेदवार बोगटीले ११ हजार ६०६ मत सहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अम्बिका नेपालले १० हजार ५४४ मत ल्याएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार