थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ८७४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १४९ पुगेको छ । यो अवधिमा थप १२ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार