युवती बलात्कार प्रकरण : पिडित बस्ने घरमा एसपी नेतृत्वको टीम

सन् २०१४ मा भएको सुन्दरी प्रतियोगितामा आयोजग टिमका एक सदस्यबाट आफू ‘बलात्कृत’ भएको आरोप लगाउने पिडित युवती बस्ने घरमा प्रहरी पुगेको छ । काठमाडौंको पेप्सिकोला स्थित घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइराला ‘काउन्सिलिङ टिम’ सहित पुगेका हुन् ।

टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीले करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी छिन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न तीब्र दबाब दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार