पाहुना टोली युगान्डाविरुद्ध नेपालको पहिलो जित

काठमाडौं । नेपालले पाहुना टोली युगान्डाविरुद्धको महिला टी(ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पहिलो जित निकालेको छ।टियु क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

युगान्डाका लागि जनेट बाबाजीले सर्वाधिक २१ रन जोडिन् । नेपालकी हिरन्मायी रोयले दुई विकेट लिईन् । रोयले डेब्यु खेलमै विकेट लिएकी हुन् ।यस्तै अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले एक एक विकेट लिईन्।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो । तर, नेपालले पुरै ओभर खेल्न सकेन ।नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रन बनाईन् । यस्तै सिता राना मगर ११ रनमा आउट भईन भने डोली भट्टले ६ रन जोडिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार