मुख्य प्रशिक्षक अल्मुताईरीलाई हटाउन छानबिन समितिको सिफारिस

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको अखिल नेपाल फुटबल संघ एन्फाले बताएको छ ।

एन्फाको कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समिति गठन गरेको थियो ।

एएफसी एसियन कप फुटबलको प्रशिक्षणमा रहेका खेलाडीहरुसँग मुख्य प्रशिक्षक अल्मुताइरीको खटपट भएको थियो । त्यसपछि दश जना खेलाडी प्रशिक्षण छोडेर गएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार