गुल्मीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले लिए शपथ

गुल्मीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले शपथ लिएका छन् । दुई नगरपालिका र १० वटा गाउँपालिकासहित १२ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले संयुक्तरुपमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सपथ लिएसँगै जनप्रतिनिधिहरूले आफ्नो पालिकामा गएर पदभारग्रहण गरेका छन् । नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनमा गरेका प्रतिबद्धता अनुरुप काम गर्ने बाचा गरेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

उनले निर्वाचनको बेला एउटा भन्ने तर काम गर्दा अर्कै भन्ने परिपाटिको अत्य गर्दै आफूले जनताको हितमा काम गर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार