लहान नगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार विजयी

सिरहाको लहान नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेशप्रसाद चौधरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान मेयर मुन्नी साह सुडीलाई ८ हजार १३६ मतान्तरले पराजित गरे ।

निर्वाचन अधिकृतको कार्यालय लहानका अनुसार सुडीले ११ हजार ९६६ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा जनता समाजवादी पार्टीका रामचलितर महतो निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार सरियार कुमारी चौधरीलाई ७७९ मतान्तरले पराजित गरे ।

महतोले १२ हजार पाँच सय ६९ मत प्राप्त गरे भने चौधरीले ११ हजार ७९० मत प्राप्त गरिन् । लहान नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार