यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेकी छन् ।

५८ हजार १३४ गणना हुँदा रेणुले २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उनलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।

रेणु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएर पछ्याइरहेका छन् ।

उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार