सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा १ हवा २५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार