आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल सुुरु

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकियो ।

आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ जेठ २०८४ सम्म काम गर्नेछन् ।

शुक्रबार बिहानसम्म देशभरका निर्वाचन अधिकृतहरुले सार्वजनिक गरेको नतिजा अनुसार ६ सय २ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । अब १ सय ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार