मुसिकोटको मेयरमा कांग्रेस, उपमेयरमा नेकपा एस विजयी

रूकुम पश्चिमीको मुसिकोट नगरपालिकामा कांग्रेसका उम्मेदवार मेयरमा निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मुसिकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसी ६ हजार ९१४ मत ल्याई विजयी भएका हुन् ।

केसीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार वसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन् । पराजित वसन्तकुमार शर्माले ६ हजार ९०१ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार थलबहादुर ओलीले ५ हजार ९८५ मत ल्याएका छन् ।

माओवादी केन्द्रको वर्चस्व रहने रुकुम पश्चिममा यसपटक कांग्रेस-एमाले मिलेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार