आईपीएल : बैंगलोरको प्लेअफ सम्भावना कायम

गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ ।

बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए ।  गुजरातका राशिद खानले २ विकेट लिए ।

यस अघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो । गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित ६२ रन बनाए । बैंगलोरका जोश हाजलउडले २ विकेट लिए ।

जितसँगै बैंगलोर १४ खेलबाट १६ अंक जोडेर चौंथो स्थानमा छ । शीर्ष स्थानको गुजरातको १४ खेलबाट २० अंक  छ ।

जारी लिगमा गुजरात र लखनउ सुपर जायन्ट प्लेअफमा स्थान बनाइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार