काठमाडौंस्थित माधव नेपालको वडामा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

काठमाडौं महानगरपालिका वडा नं. ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।

परजुलीले ५ हजार ९५९ मत पाउँदा उनका प्रतिद्वन्दी नेकपा एसकी सीता कँडेलले ३ हजार १६ मत ल्याइन् । यो कोटेश्वर–पेप्सीकोला क्षेत्र हो, जहाँबाट माधवकुमार नेपाल चुनाव लडेका थिए ।

यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५ हजार २९२, एमालेका केशव स्थापितले २ हजार ४५८ र कांग्रेसकी सिर्जना सिंहले १ हजार ९०० मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार