यस्तो छ भरतपुरको पछिल्लो मतपरिणाम

भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ५० हजार बढी मत गणना हुँदा उनले मेयरमा ३ हजार २७३ मतको अन्तर बनाएकी हुन् ।

दाहालले २० हजार १४३ मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १६ हजार ८७० मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ‍७५३ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी २२ हजार ४०३ मत पाएका छन् भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले १३ हजार १६३ मत पाएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार