बालेनलाई ११ हजार ९२८ मतको अग्रता, स्थापित र सिंहले कति मत ल्याए ?

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।

पछिल्लोपटक प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले ११ हजार ९२८ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका हुन् । शाहले २५ हजार ४२७ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापितले १३ हजार ४९९ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६  हजार ३१६ मत प्राप्त गरेका छन् ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ । अहिले भएका सबै वडामा बालेनले अग्रता कायमै राखेका छन् । वडा नम्बर १, २, ३ र ५ को मत गणना भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार