कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी

हालसम्म तीन पालिका प्रमुखमा राप्रपाको जित

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय थापा निर्वाचित भएका छन् ।

थापा ७ हजार ६०२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन् । उनी निवर्तमान उपमेयर समेत हुन् । उनले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाइन् ।

शिवराजसँगै राप्रपाले तीन पालिका प्रमुखमा जित हात पारेको छ । यसअघि झापाको हल्दीबारी गाउँपालिका र काठमाडौंको शंखरापुर नगरपालिका राप्रपाले जितिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार