गोरखामा बेलिबृज : उच्च हिमाली क्षेत्रसँग पहुँच विस्तार

नेपाली सेनाले गोरखाको माछा खोलामा बेलिबृज निर्माण सम्पन्न गरेको छ । उच्च हिमाली क्षेत्रसँग पहुँच विस्तार गर्ने उद्देश्यले निर्माणाधीन बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ्ग सडक खण्डको माछा खोलामा सेनाले बेलिबृज तयार पारेको हो । प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार निर्माण सम्पन्न भएको उद्घाटन गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत विस्तार भइरहेको ९२ किलो मिटर सडक आर्थिक वर्ष २०७३/७४ देखि नेपाली सेनाले निर्माण कार्य सुरु भएको थियो । नेपाल सरकारले सडक निर्माणको जिम्मेवारी तोकेबमोजिम सेनाको नेतृत्वमा निर्माणाधीन सडकको ट्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार