रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले युवा ब्याटर पौडेललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिका र स्कटल्यान्ड भ्रमणको लागि नेपाली टोलीको उपकप्तानमा नियुक्त गरेको हो ।

क्यानले गत मंसिरमा ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो । त्यसपछि कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गर्दा उपकप्तान खाली रहँदै आएको थियो । रोहितले पछिल्लो समय नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

नेपालले यसै महिनाको अन्तिममा अमेरिकामा ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्यसपछि जुलाईमा स्कटल्यान्डमा नेपाल र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार