प्रभु बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र सिद्धार्थ बिजनेज ग्रुप विच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुपद्धारा सञ्चालित रिसोर्ट, होटल, रेस्टुरेण्ट, क्याफेमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा २० प्रतिशत छुट पाउनेछन् ।

उक्त सम्झौता अन्तर्गत सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, त्तच् र एइक् मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार