दुई खेल अगावै युगान्डाले जित्यो नेपाल विरुद्धको टी–ट्वान्टी सिरिज

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज युगान्डाले दुई खेल अगावै जितेको छ । बिहीबार भएको सिरिजको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराउँदै दुई खेल अगावै सिरिज जित्न सफल भयो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको एक सय रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर १०१ रन बनयो । युगान्डाका लागि केभिन विनोले सर्वाधिक ४२ रनको योगदान गरिन् । त्यस्तै जनेत बाबाजीले २७ रन बनाउँदा अन्य कुने ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् । त्यस्तै रुबिना क्षेत्री र इन्दु बर्माले एक–एक विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार