सौन्दर्य प्रतियोगिताको नाममा युवतीमाथि यौन हिंसा, आठ वर्षपछि घटना सार्वजनिक

एक किशोरीले सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । उनले कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् ।

प्रतियोगितामा उनी दोस्रो भएकी थिइन् । उनले कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै एभरेष्ट होटलमा बोलाएर आफूमाथि हिंसा भएको खुलाएकी छन् । ‘कार्यक्रम सकिएपछि उनले एक दिन कल गरेर सक्सेस पार्टी छ, रेडी भएर आउनू भनेका थिए,’ पीडितले भनेकी छन्, ‘म उनले बोलाए अनुसार होटलमा जाँदा अरु कोही देखिनँ, अरु खोइ त भनेर सोध्दा उनले तिमी धेरै चाँडो आयौं, पार्टी ६–७ बजेदेखि छ भनेका थिए ।’

केहीबेरपछि होटलका कर्मचारीले आफूलाई ‘लेमनेड’ दिएको उनले बताएकी छन् । तर त्यो खाएको १०–१५ मिनेटमा आफू लठ्ठिएको र त्यसपछि मैले त्यो व्यक्तिलाई म घर जान चाहन्छु, मलाई असहज महसुस भयो भनेकी थिएँ,’ उनले भनिन्, ‘तर उनले तिमी विजेता भएर यस्तो भन्ने रु मिडिया अनि अरुले के सोच्छ भन्दै बस्न दबाब थिए ।’

आफूलाई यौन हिंसा गर्ने व्यक्तिले ‘केटीहरुले धेरै पिउन सक्छन्, समस्या हुनसक्छ भनेर राख्नलाई रुम लिएको’ बताएको र त्यहाँ आराम गर्न भनेको उनले भनेकी छन् । ‘गएर रेस्ट गर, सबै आएपछि उठाउन बोलाउँछु भनेको थियो,’ उनले भनेकी छन्, ‘तर म बेहोसीमा थिएँ, मैले उसले जबरजस्ती करणी गरिरहेको थाहा पाएँ । त्यो एकदमै दुःखदायी थियो ।’ उनले बिहान साढे ४–५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको बताएकी छन् ।

‘६ महिनासम्म जतिबेला उसलाई चाहिन्थ्यो, उसले कल गरिरहन्थ्यो,’ उनले भनेकी छन्, ‘यो अवधिमा म एकदमै ट्रमाटाइज्ड भएको थिएँ, मैले केही सोच्नै सकिरहेको थिइनँ ।’ यही घटनाको कारण आफू लामो समयसम्म डिप्रेसनमा गएको पनि उनले बताएकी छन् ।

बुधबार सामाजिक सञ्जाल टिकटकमा उन यस सम्बन्धमा २० वटा भिडियो अपलोड गरेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार