रुस-युक्रेन युद्धका कारणले पाठ्यपुस्तक छपाइमा ढिलाई भयो : शिक्षा सचिव

यो बर्ष पनि पाठ्यपुस्तक छपाइमा ढिलाई भएको छ । सरकारले पाठ्यपुस्तक छपाइमा ढिलासुस्ती र हेलचेक्रयाइँ गर्दा देशभरका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।

जेठ ५ गतेदेखि नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने चिन्तामा छन् । विशेषगरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्योलता छाएको छ ।

सरकारको ध्यान पालिका चुनावको तयारीमा मात्र केन्द्रित रहँदा र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्दा जेठ पहिलो हप्तासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको शिक्षकहरू बताउँछन् । अबका तीन महिनासम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको उनीहरूको बुझाइ छ ।

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छाप्न ढिलाइ भएको बताएका छन् ।

उनले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि पालिका तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता परेकाले पुस्तक छपाइ कार्यलाई घटाएको बताए। उनले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताए ।
‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो । वैशाख १ गतेबाट किताब वितरण गर्ने फाइनल स्टेजमा थियौँ । बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले सामान ल्याउन सकेनन् कागजहरु । निजी क्षेत्रले समेत कागजको अभावका कारण छाप्न नसक्ने अवस्था छैन भने । भेटेका सामानहरु पनि अहिले ५० प्रतिशत मूल्य बढेर भेटियो । त्यो पनि सप्लायर्सले सम्झौता गरेको ठाउँबाट ल्याउन सकेको थिएन’ उनले भने ।

पाठ्यपुस्तक छपाइमा सरकारको हेलचेक्रयाई, विद्यार्थीको भविष्य अन्योलमा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार