नेपालद्वारा युगाण्डासामु एक सय रनको लक्ष्य प्रस्तुत

ओपनर ज्योति पाण्डे अर्धशतक बनाउन चुक्दा नेपालले तेस्रो महिला टि२० आई खेलमा युगान्डालाई १ सय रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो ।

नेपालकी ओपनर ज्योति पाण्डे ५४ बलमा ५ चौकासहित ४७ रनमा बोल्ड भइन् । ज्योति फिओना कुलुमेको १९ औं ओभरको चौथो बलमा बोल्ड भएपछि घरेलु मैदानमा अर्धशतक प्रहार गर्ने पहिलो महिला खेलाडी बन्नबाट तीन रनले चुकेकी थिइन् । उनको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो ।

ओपनर विन्दु रावललाई दोस्रो ओभरको तेस्रो बलमा फिओना कुलुमेले ४ रनमा बोल्ड गरिन् । भने सीता रानामगर जेनेत म्बावाजीको बलमा कुलुमेबाट १२ रनमा क्याच भइन् । २५ बल खेलेकी सीताले १ चौका प्रहार गरिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार