काठमाडौं महानगरमा ५६ हजार चार सय ६१ मत गन्दा बालेन निकै अगाडि, पछ्याउँदै केशव

काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहको अग्रता कायमै छ । अहिलेसम्म ५६ हजार चार सय ६१ मत गन्दा शाहले १० हजार एक सय ६३ मतको अग्रता लिएका छन् ।

शाहले अहिलेसम्म २१ हजार चार सय २४ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापितले ११ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार पाँच सय ३२ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिइरहेकी छिन् । डंगोलले अहिलेसम्म २० हजार आठ सय ८८ मत प्राप्त गरेकी छिन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार तीन सय ३१ मत प्राप्त गरेकी छिन्। राप्रपाकी बिनिता मगैयाले सात हजार एक सय २७ मत प्राप्त गरेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार