काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना भन्छिन्- ‘जित्नेमा ढुक्क छु’

काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छिन् ।मतगणनास्थल राष्ट्रियसभा गृह पुगेकी उनले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुने बताइन् ।

‘धेरै वडामा हामीले लिड गरिरहेका छौँ । एक लाख ९० हजार मतमध्ये ६० हजार मात्र गणना भएको छ । त्यसैले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुन्छ’, सिर्जनाले भनिन् ।

उनले परिणामबारे पार्टी भित्र छलफल भइरहेको बताएकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार