यी २६ संघीय सांसदमा देखियो कोरोना संक्रमण (नामावलीसहित)

प्रतिनिधिसभाका २६ जना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १ हजार २३५ जनामध्ये १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये महेश बस्नेतसहित २६ जना सांसदहरु छन् ।

संक्रमित हुने सांसदहरुमा महेश बस्नेत, मुकुन्द न्यौपाने, मायाँदेवी न्यौपाने, पार्वती डीसी चौधरी, राजेन्द्र प्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, लाल बाबु पण्डित, लक्ष्मणलाल कर्ण, नरमायाँ ढकाल, रामबाबु यादव, गोपाल बहादुर बम, नमीता कुमारी चौधरी र शान्तिमाया तामाङ पाख्रिन छन् ।

त्यसैगरी विना कुमारी श्रेष्ठ, रेनुका गुरुङ, जुली कुमारी महतो, रघुबीर महासेठ, किसान श्रेष्ठ, सुरेश कुमार राई, पुष्पा कुमारी कर्ण कायस्थ, झलनाथ खनाल, भानुभक्त ढकाल, बीना मगर, भरत कुमार शाह, प्रमोद शाह र दिपक प्रकाश भट्टमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार