बढ्यो डलरको भाउ, कतिमा हुँदैछ कारोबार?

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १२४ रूपैयाँ ४४ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै डलरको मूल्य पनि बढ्न थालेको हो। अमेरिकी केन्द्रीय बैंक (फेड)ले त्यहाँको आधार ब्याजदर ०.५ प्रतिशतले बढाएपछि डलरको माग बढेको छ।

रुसयुक्रेन युद्धका साथै सन्सारभरका अधिकांस केन्द्रीय बैंकले ब्याज दर वृद्धिको नीति लिएपछि डलर महँगिएको प्रक्षेपण गर्न थालिएको छ।

रेमिटेन्स कम आएर अप्ठेरो परिरहेको नेपाललाई डलरको बढेको रेटले राहत दिन सक्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार