विश्वव्यापी रुपमा खाद्य संकट हुन सक्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेसले रुस र युक्रेनबीच भएको युद्धका कारण विश्वव्यापी रुपमा खाद्य संकट आउन सक्ने चेतावनी दिएका छन्।

रुस र युक्रेनबीच भएको युद्धका कारण विश्वव्यापी मंहगी बढेका बेला गुटेरेसले खाद्यान्न संकट पनि निम्तिन सक्ने चेतावनी दिएका हुन । त्यसको प्रत्यक्षमा मारमा गरीब देशहरु पर्ने र दशौं लाख मानिसले ठूलो भोकमरीको सामना गर्नुपर्ने हुनसक्ने पनि महासचिव गुटेरेसले बताए । खाद्यान्न संकट आउनसक्ने पूर्वानुमानका कारण भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएकाले पनि विश्वमा खाद्यान्न संकट आउन सक्ने अनुमान गरिएको हो ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वमा खाद्य संकटलाई थप बल पुर्याउने छ भने विशेष गरी बेकरी उद्योगहरु संकटमा पर्ने छन्। महासचिव गुटेरेसले तत्काल योजनावद्ध कदम चाल्ने हो भने खाद्य संकट टार्न सकिने पनि बताएका छन्। युद्धले क्षत विक्षत बनेको युक्रेनसँग गत वर्षको २० लाख टन खाद्यान्न मौज्दात रहेको उनले बताए ।

विश्वसँग अहिले पनि पर्याप्त खाद्यान्न रहेपनि त्यसको उचित ब्यवस्थापन नहुने हो भने संकट आउने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार