काठमाडौं । युगान्डाविरुद्धको तेस्रो टी २० खेलका लागि बिहीबार मैदान उत्रदा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली जितसहित शृंखलामा पुनरागमनको सम्भावना कायम राख्न चाहन्छ ।
खेल दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि सोमबार र मंगलबार सम्पन्न पहिलो तथा दोस्रो खेलमा नेपालले युगान्डालाई क्रमशः १२ रन र एक विकेटको नतिजा सुम्पिएको थियो ।
पाँच खेलको शृंखलामा युगान्डा २–० ले अघि छ । आजको खेलमा पनि नतिजा सुम्पिएमा नेपालले दुई खेल अगावै शृंखला गुमाउने छ । नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी–२० ट्वान्टी शृंखला खेलेको हो ।
पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शका बाबजुद ब्याटिङमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल युगान्डालाई नतिजा सुम्पिन बाध्य भएको थियो । जितका लागि एक सय तीन रनको लक्ष्य पछ्याएको नेपाल मात्र ९२ रनमा सीमित भएको थियो ।