नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल

नागरिकता विधेयक अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द शर्मा बन्दीबीच छलफल जारी छ। उक्त विधेयक संसद्‌मा विचाराधीन अवस्थामा रहेको छ ।

मन्त्री बन्दीले त्यसअघि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।

अध्यक्षद्वय उक्त विषयमा सकारात्मक देखिएपछि मन्त्री बन्दी प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीसँग छलफलपछि मात्रै कहिलदेखि अघि बढाउने भन्ने विषयको टुंगो लाग्ने मन्त्री बन्दीले बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार