स्थापित भन्दा बालेन १० हजार बढी मतले अगाडि

आफ्नै वडामा पछि परे स्थापित

काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणामअनुसार ५४ हजार ६२१ मत गणना हुँदा बालेनले २१ हजार १२१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १० हजार ९९८ मत ल्याएका छन् । बालेन र केशवबीच १० हजार ९९८ मतको अन्तर रहेको छ ।

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले पनि मतान्तरलाई घटाएकी छन् । उनले १० हजर १७३ मत प्राप्त गर्दै स्थापितलाई पछ्याइरहेकी छन् ।

मतगणना जारी काठमाडौंको २८ नम्बर वडामा समेत स्थापित पछि परेका छन् । जुन वडा स्थापितको हो । यहाँ बालेनले ३७८ भोट ल्याए भने स्थापितको ३४५ मात्रै आयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार